राजगढ , कात्तिक २९ । थ्रेसरमा च्यापिएर आज बिहान बाह्रदशी ६ मा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी ६ बालुवानीकी ४८ वर्षिया लीला चापागाई रहेकी छन् । बिहान ८ बजेतिर धान थ्रेसर गरिसकेपछि चालु थे्रसरमा ती महिला परेकी थिइन्। शुरुमा कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई भित्रै तानेको थियो । प्रहरीले घटनास्थल सिल गरेको छ । घटनापछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी आइपुगेको र बिर्तामोडबाट प्रहरी आउन बाँकी रहेको बताउँदै वडाध्यक्ष रत्नप्रकाश योङहाङले प्रहरी आएपछि लाशलाई पोष्टमार्टमका लागि लगिने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्