झापा , कात्तिक ३० । तिहारमा रमाइलोका लागि पड्काएको पटाकाबाट सल्केको आगोले पाँचथरको हिलिहाङ गाउँपालिका ३ पञ्चमीमा एउटा घर जलेर नष्ट भएको छ ।

हिलिहाङ गाउँपालिका ३ तुम्बुङ निवासी सर्ण योङहाङको घर हिजो साँझ जलेर नष्ट भएको हो । लक्ष्मीपुजा गर्नुअघि पड्काइएको पटाकाले योङहाङको तीनतले घर र घरभित्र रहेका सबै सामग्री जलेर नष्ट भएको हिलिहाङ ३ का वडाध्यक्ष मदन गौतमले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख दानवहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्