झापा , मंसिर १ । झापाको अर्जुनधारामा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।

आज बिहान अर्जुनधारा ७ नारायण चोक बस्ने तुलसी श्रेष्ठको घरमा आगलागी हुँदा ५४ लाख ६० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । ग्यास लिक भएर विहान १० बजेतिर सो आगलागी भएको हो । आगलागीबाट श्रेष्ठको घरमा रहेको पसल र पसलभित्र रहेको नगद र जिन्सी सामान जलेको प्रहरी चौकी शनिश्चरेका प्रहरी नायव निरीक्षक सूर्य बस्नेतले बताए । आगलागी बिर्तामोडको दमकल , स्थानीयबासी र प्रहरीको सहयोगमा करिव पौने घण्टामा नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्