झापा , मंसिर १ । झापामा पछिल्लो २४ घण्टाभित्र थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ४ जना महिला र २२ जना पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमध्ये दमक नगरपालिका र कमल गाउँपालिकाका ५—५ जना रहेका छन् । दमकमा १ महिला र ४ पुरुष तथा कमलमा ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै, अर्जुनधारा नगरपालिकाका २ पुरुष र २ महिला, गौरादहका १ महिला र ३ पुरुष, बिर्तामोड र हल्दिबारीका २—२ पुरुष, भद्रपुर, मेचीनगर, गौरीगञ्ज र शिवसताक्षीका १—१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्