बिर्तामोड , मंसिर ३ । तीन दिनदेखि कोरोना संक्रमणका कारण लगातार मृत्यु हुँदै आएको अर्जुनधारामा आज फेरि एकजना मृतक थपिएका छन् ।

अर्जुनधारा नगरपालिका वडा नं ९ का ७३ वर्षिय दिलिप बस्नेतको विएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । बस्नेतको उपचारका क्रममा बिहान ११.३० बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । उनलाई दुई साताअघि कोरोना पुष्टि भएको थियो । अर्जुनधारामा तीन दिनमा तीनजना संक्रमितको मृत्यु भइसकेको छ । आजै बिहान बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय देवशंकर लावुङको बिएण्डसी हस्पिटलमै मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या अर्जुनधारामा ७ र झापामा ८७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्