दमक , मंसिर ४ । झापाको दमकमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दमक ९ का ७० बर्षिय बलबहादुर धिमालको आज बिहान मृत्यु भएको हो । कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी हस्पिटल बिर्तामोडमा राखेर उपचार गरिएको थियो । खर्चको अभाव र स्वास्थ्य जटिल भएपछि उनलाई हिजो बेलुका दमक नगरपालिकाको कोभिड हस्पिटलमा ल्याइएको थियो । आज बिहान २ बजे त्यही उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । अहिले बेलडाँगीमा रहेको जंगलमा लाशलाई गाडेर अन्त्येष्टि गर्ने तयारी भइरहेको उनले जानकारी दिए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्