गौरादह, मंसिर ४ । गौरादह निवासी पत्रकार झगेन्द्र खड्कालाई पितृशोक परेको छ ।

उनका ८१ वर्षिय पिता टेकबहादुर खड्काको आज दिउँसो ३ः१५ बजे गौरादह नगरपालिका २ दहलु वस्तीस्थित आफ्नै निवासमा निधन भएको हो ।
निमोनियाबाट थला परेका खड्कालाई परिवारले ३ दिन अघि दमकस्थित आम्दा अस्पताल र लाईफलाईन अस्पतालमा उपचार गराएका थिए ।
उनका एक श्रीमती टुकमाया सहित चार छोरा रहेका छन् । झगेन्द्र गौरादह ८ स्थित अरूणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक र नेपाल प्रेस युनियनका सदस्य समेत हुन् ।
स्व. खड्काका छोरा बुहारीहरू भक्तबहादुर र चन्द्रमाया, झगेन्द्र र सुशिला, यज्ञ बहादुर र कमला , रामकृष्ण र रेनुका खड्का छन् ।
स्व.खड्काको भोलि मंसिर ५ गते बिहान ८ः३० बजे स्थानीय किष्ने घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्