झापा , मंसिर ७ । मेचीनगर नगरपालिकाका एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा नगरपालिकाका कार्यालय सहयोगी ४७ वर्षिय गणेश खड्का रहेका छन् । मेचीनगर ४ निवासी नगरपालिकाका स्थायी कर्मचारी खड्काको गएराति धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।उनलाई मंसिर ४ गते संक्रमण पुष्टि भएको थियो । मृतकको लाश धरानबाट ल्याएर नेपाली सेनाद्वारा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ । कर्मचारीको मृत्यु भएपछि नगरपालिका कार्यालय विदा दिने विषयमा छलफल भइरहेको नगरपालिकाले जनाएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्