दमक, मंसिर ७ । झापाको कमल गाउँपालिका ६ स्थित वर्कफर नेपालले झापा र मोरङका विभिन्न सरकारी अस्पताललाई २ करोड ५० लाख मूल्य बरावरको उपकरणहरु प्रदान गरेको छ ।

झापाको मेची अञ्चल अस्पताल, दमकको आम्दा अस्पताल , मोरङको विराटनगरस्थित कोशी अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्य चौंकीहरुको विकासका लागि २ करोड ५० लाख मूल्य बराबरका अस्पतालजन्य सामग्रीहरु प्रदान गरिएको संस्थाका अध्यक्ष त्रिलोचन अधिकारीले बताए ।
संस्थाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट नेपालको सहकार्यमा गत दुई बर्षको अवधिमा ती अस्पताल सामग्रीहरु दिएको उनले जनाएका छन् ।
सोहि परियोजनामार्फत अस्पतालको स्तरोन्नतिका लागि यस वर्ष नै थप २ करोड बढीको अस्पतालजन्य उपकरणहरु वितरण गरिने संस्थाले जनाएको छ ।
वर्कफरले गरिवी निवारणका लागि समुदायमा स्वच्छ खानेपानीको उपलव्धता,स्वास्थ्य,शिक्षा,सीप सम्बन्धी सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । २०१८ देखि शुरु भएको सो परियोजना ५ बर्षसम्म सञ्चालन हुने छ ।
वाटर फर लाइफ परियोजना
यस परियोजना अन्तर्गत जिल्लाका विभिन्न १७ वटा परियोजना निर्माण गरिएका छन् । त्यसमध्ये १६ वटा विभिन्न सामुदायिक विद्यालयमा र एउटा कमल गाउँपालिकाको कार्यालयमा खानेपानी निर्माण गरिएको संस्थाका कोषाध्यक्ष दिनेश संग्रौलाले बताए । ती परियोजना हस्तान्तरण गरिसकिएको उनले जनाए ।
उनका अनुसार अर्जुनधाराको कालिस्थान मावि, कन्काईको हिमाली मावि , गौरादहको जनता माविमा विद्यार्थीहरुलाई स्वच्छ पानी उपलव्धता गराउन ५ लाख मूल्य बरावरको वाटर ट्रिटमेन्ट प्लान्ट राखिएको छ । त्यसैगरी भगवती ,जनचेतना आधारभूत विद्यालयमा रु ३ लाखको लागतमा बायोस्याण्ड फिल्टर जडान गरिएको छ ।
त्यसैगरी संस्थाले ३ लाख ७६ हजार ५ सय मूल्य बरावरको जाडोका लागि विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा वितरण कार्यक्रमअन्तर्गत संस्थाले कमल ,गौरादह र कन्काईका लत्ताकपडाहरु प्रदान गरेको उनले बताए । त्यस्तै, कोभिड– १९ बाट प्रभावित परेका गरिव तथा सीमान्तकृत २७० परिवारलाई गत असोज र कार्तिकमा खाद्यान्न प्रदान गरेको अध्यक्ष अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्