झापा ,मंसिर ९ । मोरङको साविक पथरी गाविसका अध्यक्ष तिलक वान्तवा राईको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पथरीशनिश्चरे १ निवासी करिव ६५ वर्षिय राईको गएराति विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो ।कोरोना संक्रमण देखिएपछि उनलाई धरान लगिएको थियो । अबस्था गंभीर बनेपछि करिव ५ दिनअघि उनलाई त्यहाँबाट विराटनगर लगिएको थियो । राई इमान्दार र आदर्श राजनीतिकर्मीका रुपमा रहेका थिए ।