कुमरखोद मंसिर १० । झापा गाउँपालिकामा एकैचोटी थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत ७ गते आइतबार ६८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । आज नयाँ थप ३४ जना र पुराना संक्रमित ५ जनाको रिपोर्ट पुनः पोजेटिभ आएको झापा गाउँपालिकाका स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले बताए । विश्वकर्माका अनुसार कोरोना संक्रमित हुनेहरुमा दुई जना स्वास्थ्यकर्मी,पाँच जना गाउँकार्यपालिकामा काम गर्ने कर्मचारी,एक जना एम्बुलेन्स चालक,एक जना वडा कर्मचारी,दुई जना सहकारी कर्मचारी र अन्य २३ जना सर्वसाधारण रहेका छन।
योसँगै झापा गाउँपालिकामा कोरोना संक्रमित संख्या जम्मा ८४ पुगेको छ भने मृतक संख्या ३ रहेको स्वास्थ्य प्रमुख विश्वकर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्