झापा , मंसिर १० । वैदेशिक रोजगार ठगी र वन मुद्धाका दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पुरी

पक्राउ पर्नेमा बिर्तामोड ३ का ३० वर्षिय कुमार पुरी र झापा गाउँपालिका २ निवासी ४२ वर्षिय प्रदीपकुमार माझी रहेका छन् । बैदेशिक रोजगार न्यायालय काठमाण्डौको २०७२ जेठ २४ गतेको फैसला अनुसार बैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी पुरीलाई एक वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना ठहर गरिएको थियो । फैसलापछि फरार रहेका पुरीलाई खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले आज उनलाई अर्जुनधारा ५ बैर चौकबाट पक्राउ गरेको हो ।

माझी

त्यस्तै झापा जिल्ला अदालत भद्रपुरको २०६४ भदौ २० गतेको फैसला अनुसार वन मुद्दाका प्रतिवादी माझीलाई ६ महिना कैद र १५ हजार ८६ रुपैयाँ जरिवाना ठहर गरिएकोमा घटनापछि उनी फरार रहेका थिए । खोजलतास गर्ने क्रममा बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले आज उनलाई झापा गाउँपालिका २ स्थित आफ्नै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । फैसला कार्यान्वयनको लागि दुवैलाई झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्