बिर्तामोड, मंसिर ११ । झापाको बिर्तामोडबाट सहकारीका एक जना कर्मचारी चार दिनदेखि वेपत्ता भएका छन् । गत सोमबार विहान ७ बजे बिर्तामोडको एक होटलमा साथीभाइहरुले चिया पिएर १० बजेतिर खान खान घर जान्छु भनी हिँडेका २३ वर्षीय पर्वत पौडेल वेपत्ता भएका हुन् । पौडेल बिर्तामोड –५ निवासी हुन् ।


पौडेल परिवारका एक मात्र छोरा उनी एकाएक वेपत्ता भएपनि हालसम्म बेखवर भएको पारिवारिक स्रोतले जनाएको छ । छोरा हराएपछि पौडेल परिवारमा चिन्ता थपिएको छ । परिवारले हराएका छोरोको खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएको भएपनि उनी फेला पर्न सकेका छैनन् ।
मोवाइल ट्राकिङ गरी हेर्दा सोमबार झापाको हडिया बुधबारेमा देखिएका थिए भने बुधबार साँझ सुनसरी जिल्लातिर देखाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । यतिबेला उनका आफन्त, इष्टमित्र, छरछिमेकीलगायत सबैजना उनको खोजी कार्यमा लागि परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्