बनियानी , मंसिर ११ । कचनकवल गाउँपालिकाले भोलि स्थानीय विदा दिएको छ ।

हिन्दु धर्मावलम्बीहरुको हरिबोधनी एकादशी( तुलसी विवाह) पर्वको उपलक्ष्यमा कचनकवल गाउँपालिकाले शुक्रबार स्थानीय विदा दिएको हो । भोलि गाउँपालिका कार्यालय र गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सार्वजनिक संस्थालाई विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए ।उनले गाउँपालिकाको कात्तिक २८ गतेको बैठकले स्थानीय विदा दिने निर्णय गरेको जानकारी दिए ।
