दमक, मंसिर १३ । झापाको कमल गाउँँपालिका वडा नम्बर ६ मा स्थापना गरिएको साझा कपडा बैंकको नयाँ नेतृत्व चयन भएको छ ।

संस्थाको लखनपुरस्थित कार्यालयमा शनिबार सम्पन्न पहिलो साधारणसभाले ज्ञानु खरेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा बहादुर ताजपुरिया,सचिवमा लक्ष्मी गौतम र कोषाध्यक्षमा कल्पना ओली आचार्य चुनिएका छन् । यस्तै, साधारणसभाले संस्थाका निवर्तमान अध्यक्ष कृष्णबहादुर भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहकार समिति गठन गरेको छ ।
लखनपुर क्षेत्रका युवाहरुको सक्रियतामा २०७६ मंसिर १६ गते साझा कपडा बैैंक स्थापना गरिएको थियो । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले गठन गरिएको सो संस्थामा १३५ जना सदस्यहरु आवद्ध छन् ।
एक बर्षको अवधिमा संस्थाले कमलसहित इलाम चुलाचुलीका अतिविपन्न परिवारलाई जाडोका लागि न्यानो कपडा वितरण ,स्वास्थ्य शिविर लगायतका सेवा पु¥याएको संस्थाका निवर्तमान अध्यक्ष कृष्णबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्