झापा ,मंसिर १३ । जनता समाजवादी पार्टी नेपालका झापा जिल्ला सचिवालय सदस्य युवा नेता आकाश राई (अमर)को निधन भएको छ ।

झापा अर्जुनधारा १ निवासी राईको आज निधन भएको हो । उनी स्थानीय समाजसेवीका रुपमा परिचित थिए ।धनकुटाको नमस्ते झरना पुगेका नेता राई फर्किने क्रममा बाटोमा बिरामी परेका थिए । मोटरसाइकलमा फर्किने क्रममा आधा बाटोमै पेट दुखेपछि उनले मोटरसाइकल रोकेर केही क्षण आराम गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल रोकेर आराम गर्ने क्रममै आकाश बेहोस भएपछि उनको मोबाइलमा सम्पर्क गर्दा धरान प्रहरीले रिसिभ गरेर जानकारी दिएको छ ।प्रहरीका अनुसार उनको एपेन्डिक्सका कारण मृत्यु भएको अनुमान गरिएको छ । बेहोश अवस्थामै उनलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो । तर, उपचारअघि नै चिकित्सकले उनलाई मृत घोषित गरेको बताइएको छ । चिकित्सकले आज दिउँसो २ बजे नै मृत भइसकेको जनाएको राईको मृत शरीरलाई पोष्टमार्टमका लागि शव गृहमा राखिएको छ । भोलि बिहान पोष्टमार्टमपछि मात्र परिवारलाई जिम्मा दिइने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्