झापा , मंसिर १४ । झापा बिर्तामोडको बिएण्डसी हस्पिटलमा आज फेरि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं १३ का ५५ वर्षिय वीरबहादुर लिम्बु रहेका छन् । उनको आज बिहान ८.३० बजे उपचारका क्रममा मृत्यु भएको हो । मंसिर ८ गते विराटनगरको नोवेल हस्पिटलमा पिसिआर परीक्षण गराएका लिम्बूको रिपोर्ट भोलिपल्ट पोजिटिभ आएको थियो । त्यसपछि उनलाई मंसिर १० गते बिएण्डसी हस्पिटल ल्याएर भर्ना गरिएको थियो । मृतकको लाशलाई नेपाली सेनाले अन्त्येष्टि गरेको छ । हिजो पनि बिएण्डसीमा इलाम नगरपालिका वडा नं ८ का ३४ वर्षिय कुवेर बस्नेतको मृत्यु भएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १०९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्