झापा , मंसिर १४ । झापा गाउँपालिकाका थप ६ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

आज गाउँपालिकाका ११ जनालाई संक्रमण पुष्टि भएकोमा ६ जना कर्मचारी रहेको स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले बताए । त्यसबाहेक दुईजना रिपोजिटिभ र तीन जना संक्रमित सर्वसाधारण रहेका छन् । यसअघि झापा गाउँपालिकाका १३ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये पाँचजना अझै निको नभएको विश्वकर्माले जानकारी दिए । अधिकांश कर्मचारी संक्रमित भएपछि गाउँपालिका कार्यालय निकै दिन बन्द रहेको थियो । तिहारदेखि बन्द रहेको गाउँपालिका कार्यालय मंसिर १० गतदेखि संचालनमा आएको हो ।

यसैबीच पछिल्लो २४ घण्टाभित्र झापाका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १७ जना महिला र २४ जना पुरुष रहेका छन् ।संक्रमितहरुमा सबैभन्दा बढी झापा गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै, दमक नगरपालिकाका ९ जना रहेका छन् । संक्रमितमा ५ जना महिला र ४ जना पुरुष रहेका छन् । यस्तै, अर्जुनधारा नगरपालिकाका २ जना महिला र ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।यसैगरी बिर्तामोड नगरपालिकामा १ महिला र १ पुरुष, हल्दिबारीमा २ महिला, भद्रपुरमा २ पुरुष, कमल, कनकाई, गौरादह र गौरीगञ्जमा १–१ जना पुरुष तथा पालिका नखुलेकी एक महिलामा पनि संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कुल संक्रमितको संख्या ३ हजार ८१४ पुगेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार ४९८ रहेको छ । त्यस्तै सक्रिय संक्रमित भई विभिन्न आइसोलेसनमा १ हजार २०८ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्