बिर्तामोड मंसिर १५ । झापाको मेचीनगर नगरपालिका –४का पूर्ण बहादुर प्रधानलाई कुटपिट गरी हत्या गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर–४कै दिवस लुङ्गेली, प्रेम भन्ने बेमा दोर्जी तामाङ र विशाल तामाङ रहेका छन् । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।


पक्राउ परेका दोर्जी तामाङलाई प्रधानले कुटपिट गरेसँगै उनीहरुले प्रधानलाई कुटपिट गर्दा प्रधान गम्भिर घाइते भएका थिए । घाइते प्रधानलाई उपचारको लागि धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो । उनको उपचार कै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्