शिवसताक्षी, मंसिर १६ । झापाको शिवसताक्षी नगरपालिकामा कार्यरत कर्मचारीहरुको भेलाले शिवसताक्षी नगरपालिका कर्मचारी हकहित संरक्षण मञ्च तदर्थ समिति गठन गरेको छ ।

नगरपालिकाका वरिष्ठ योजना अधिकृत प्रकाशचन्द्र चौधरीको संयोजकत्वमा कर्मचारी हकहित संरक्षण मञ्च तदर्थ समिति गठन भएको हो ।

नगरपालिकामा कार्यरत कर्मचारीहरुको पेशागत हकहितको पक्षमा सामूहिक सौदावाजी गर्न तथा कार्यालय सुदृढीकरणमा सहयोग गर्दै नागरिक सेवामा सहजता प्रदान गर्न कर्मचारी हकहित संरक्षण मञ्च गठन भएको अध्यक्ष चौधरीले बताए । कर्मचारी समायोजनपश्चात् कर्मचारीहरुको पेशागत हकहित, सेवा सुविधा, वृति विकास, कर्मचारीहरुको साझा समस्यामा आवाज उठाउन अभिभावकत्व भूमिका निर्वाह गर्ने कुनै पनि आधिकारिक निकाय नभएर कर्मचारीहरुको हक अधिकार संरक्षणका लागि यो समिति गठन गरिएको उनले बताए ।

नवगठित ११ सदस्यीय तदर्थ समितिको सह–संयोजकमा वडा कार्यालय नं ४ का सचिव कमला भेट्वाल, सचिवमा सहकारी शाखाका बद्रीकुमार दाहाल, सह–सचिवमा वडा कार्यालय नं ९ का सचिव विमल बाँस्कोटा, कोषाध्यक्षमा महिला तथा सामाजिक शाखाका देवकुमारी पराजुली तथा सदस्यहरुमा प्राविधिक लोचन बस्नेत, कृषि शाखाका रविन भट्टराई, स्वास्थ्य शाखाका हरिप्रसाद विमली र अन्य सदस्यहरुमा प्रशासन शाखाका इन्द्रकला लिङ्देन, विरबहादुर बुढाथोकी र योजना शाखाका चन्द्रकला खरेल ( पुजा ) चयन भएका छन् । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहाल, लेखा अधिकृत (सातांै तह) का अधिकृत प्रकाश योङहाङलगायत उपस्थित कर्मचारीहरुले नवगठित तदर्थ समितिलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्