दमक , मंसिर १८ । मालपोत कार्यालय दमकले मंगलबार मालपोत कार्यालयमा भएको घटनाप्रति दुख प्रकट गर्दै यसको निष्पक्ष छानविन गरेर दोषी उपर कार्वाही गर्न सम्बन्धित पक्षसंग आग्रह गरेको छ ।

मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । सेवाग्राही तथा पत्रकारहरुप्रति भएको घटना दुखद् भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति मालपोत कार्यालयले माफी पनि मागेको छ । यस बिषयलाई गम्भिर रुपमा लिएका छौ, बिज्ञप्तिमा भनिएको छ । मालपोत कार्यालय दमकका कर्मचारीलाई सेवाग्राहीले १० हजार घुस दिएको भिडियो खिच्न जाँदा पत्रकार खगेन्द्र घिमिरेमाथि हातपात तथा दुब्र्यवहार भएको थियो। यस बिषयमा मुछिएको कर्मचारी ईन्द्र राजवंशीलाई मालपोत कार्यालयले २४ घण्टे स्पस्टिकरण पनि सोधेको मालपोत स्रोतले जनाएको छ ।
यता ईलाका प्रहरी कार्यालय दमकमा जाहेरी परेपछि राजवंशीलाई प्रहरीले पनि सोधपुछका लागि हाजिर हुन आग्रह गरेको र आग्रह वेवास्ता गरे पक्राउ गर्न तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । पत्रकार महासंघ झापा लगायतका पत्रकारजन्य संघसंगठनहरुले न्याय नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्