बिर्तामोड , मंसिर १९ । राजवंशी समाज समितिको केन्द्रीय समितिले सामाजिक संजालमा सार्वजनिक रुपमा आक्रोश पोखेकै आधारमा आफूलाई जिल्ला अध्यक्षबाट पदमुक्त गरिएको पुकारचन्द्र सिंह राजवंशीले बताएका छन् ।

आज एक प्रेस विज्ञप्तिमार्फत खण्डन गर्दै पुकारले २६ औं स्थापना दिवसको पुस ४,५ र ६ गते कार्यक्रममा पदीय मर्यादा अनुसार सम्मानजनक उपस्थिति तथा अधिकार नपाउँदा सामाजिक संजालमा व्यक्तिगतरुपमा व्यक्त गरिएको अभिव्यक्तिका आधारमा केन्द्रीय समितिले पूर्वाग्रही तथा सुनियोजित ढङ्गले पदमुक्त गरेको भन्दै निर्णयप्रति घोर आपति जनाएका हुन् ।
केन्द्रीय समितिद्वारा विभिन्न समयमा लेखिएको पत्र जिल्ला सचिव मुनिलाल राजवंशीले आफूलाई बुझाएको भनिएता पनि आधिकारिकरुपमा हात नलागेको र जिल्ला समितिको बैठकमा समेत प्रस्तुत नभएको उनले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्