दमक, मंसिर १९ । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यका परिवारमा मृत्यु भएमा दिने सिदा खर्च बापत आज लखनपुरका एक परिवारलाई २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

सहकारीका लखनपुर सेवाकेन्द्र संयोजक गौरीमान फागोका बुबा हर्कप्रसाद फागोको निधन भएको चौथो दिनमा फागोको घरमै पुगेर सहकारीले २५ हजार रुपैयाँ उपलब्ध गराएको कर्णाली सहकारी लखनपुर सेवा केन्द्रका व्यवस्थापक बिजु आचार्यले बताए । सहकारीका सदस्यको परिवारमा मृत्यु भएमा सिदा खर्च वापत दिईने रकम सहकारीको टोलीले फागोको घरमै पुगेर उपलब्ध गराएको उनले जानकारी दिए । कर्णाली सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठ, उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, सचिव भुपाल बस्नेत, कोषाध्यक्ष एकराज विष्टसहित सञ्चालक र कर्मचारीहरुको टोलीले फागोको घरमै पुगेर समवेदना पत्रसहित सिदा रकम हस्तान्तरण गरेको सेवा केन्द्र व्यवस्थापक आचार्यले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्