दमक, मंसिर १९ । दमकका व्यवसायी विमल शर्माले दैनिक एक सय रुपैयाँ सामाजिक कार्यमा खर्चिने भएका छन् ।

सामाजिक कार्यमा प्रोत्साहित गर्न उनले व्यवसायबाट प्राप्त हुने आम्दानीवाट दैनिक सय रुपैयाँ सामाजिक कामका लागि प्रदान गर्ने घोषणा गरेका हुन् ।
उनले देशव्यापी सञ्जाल रहेको संस्था पहिलो पाइला नेपाल दमक शाखामार्फत एक बर्षसम्म उक्त सहयोग दिने प्रतिवद्धता जनाएका हुन् । उनी सो संस्थाका सल्लाहकार ,संगम स्वीटसका सञ्चालक तथा रेडक्रस दमक उपशाखाका सदस्य तथा विभिन्न सामाजिक क्षेत्रमा आवद्ध छन् ।
संस्थाका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा आज बसेको मासिक बैठकमा सोसम्बन्धी जानकारी गराउनुका साथै संस्थाका तर्फबाट धन्यवाद प्रस्ताव पारित गरिएको संस्थाले जनाएको छ ।
शर्माले प्रदान गर्ने सो रकम वा रकम बराबरको सहयोग संस्थामार्फत आर्थिक रुपमा विपन्न तथा असहायहरुलाई प्रदान गरिने अध्यक्ष खड्काले बताए । बैठकले संस्थाले यसअघि सञ्चालन गर्दै आएको आठ हप्ते सरसफाई कार्यक्रमलाई निरन्तरता दिने, आर्थिक अवस्था कमजोर भएका एक परिवारलाई सहयोग प्रदान गर्ने लगायत विविध निर्णयहरु गरेको संस्थाका सहसचिव राजु निरौलाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्