झापा , मंसिर २० । आज झापाका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाभित्र झापाका १३ महिला र २५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएकाहरुमा कनकाईका ५ महिला र ६ पुरुष , बिर्तामोडका ४ महिला र ५ पुरुष , शिवसताक्षीका एक महिला र ६ पुरुष, अर्जुनधाराका २–२ जना महिला पुरुष , कमलका एक महिला र २ पुरुष , मेचीनगरका २ पुरुष तथा भद्रपुर र बुद्धशान्तिका १–१ जना पुरुष रहेका छन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या ४ हजार ७४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्