बिर्तामोड , मंसिर २० । नेपाली काँग्रेस बिर्तामोडको १० नं वडा समितिको कार्यालय उद्घाटन गरिएको छ ।

नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले सैनिक बजारमा पार्टीको वडा कार्यालय उद्घाटन गरेका हुन् । त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरी १३२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँगे्रसमा प्रवेश गर्नेहरुमा कृष्ण पाण्डे, पुष्प चौधरी , धनराज लोहारलगायत छन् ।

नवप्रवेशीहरुलाई जिल्ला सभापति थापा , पूर्व जिल्ला उपसभापति देउमान थेवे , वरिष्ठ जिल्ला सदस्य भगिरथ पोद्धार , जिल्ला सदस्य जलकुमार गुरुङ, क्षेत्रीय सभापति नवीन विमली ,नगर सभापति भोजराज सिटौलालगायतले स्वागत गरेका थिए । पार्टीका १० नं वडा सभापति लोेकबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति थापा , पूर्व जिल्ला उपसभापति थेवे , वरिष्ठ जिल्ला सदस्य पोद्धार , जिल्ला सदस्य गुरुङ, क्षेत्रीय सभापति विमली ,नगर सभापति सिटौला , बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङलगायतले शुभकामना मन्तब्य राखेका थिए । पुराना कार्यकर्ता दिलिप देवानले स्वागत गरेको कार्यक्रमको संचालन वडा सचिव भवानी पाण्डेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्