बिर्तामोड, मंसिर २१ । मारुती भ्यान जंगली हात्तीसंग ठोक्किएर आज साँझ चारआली जंगलस्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फतर्फ आउँदै गरेको मे १ च १७६३ नं. को मारुती भ्यान देउनिया खोलानिर हात्तीसँग ठोक्किएको हो । हात्तीको सुँडसँग गाडी ठोक्किएपछि अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएर सडक मुनि बजारिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी भ्यान चालक बिर्तामोड ५ का ४९ वर्षिय नरप्रसाद घिमिरे र यात्रु सुजन बस्नेत घाइते भएका छन् । चालक पल्टिएको गाडीभित्र च्यापिएका थिए । उनलाई गाडीबाट निकालेर उपचारका लागि बिर्तामोडको मनमोहन हस्पिटलमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । यात्रुको अबस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्