बिर्तामोड मंसिर २२ । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र सशस्त्र प्रहरी बल काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका –७ गौरीगाउँबाट भारतको पानी ट्याङकी बस्ने ४२ बर्षिय गंगु सुब्बा र बुद्धशान्ति गाउँपालिका –३का ४७ बर्षिय कुमार राजवंशी पक्राउ परेका हुन ।

उक्त ब्राउनसुगर खरिदका लागि राजवंशी गौरीगाउँ पुगेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । प्रहरीले उनीहरुको साथबाट २१ हजार भारतीय रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका सुब्बा र राजवंशीलाई आवश्यक कारबाहीको लागी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्