कुमरखोद , मंसिर २४ । ईलाका प्रहरी कार्यालय कुमरखोदले नवनिर्मित दुर्गादेवी मन्दिरको विधिवत रुपमा उद्घाटन गरेको छ ।

र्ईलाका प्रहरी कार्यालय कुमरखोदले आज आयोजना गरेको एक विशेष कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले दुर्गादेवी मन्दिरको उद्घाटन गरेका हुन् ।
झापा गाउँपालिका , स्थानीय समुदायको सहयोग र प्रहरी कर्मचारीहरुको श्रमदानवाट मन्दिर निर्माण गरिएको थियो ।

कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह , नेपाली काँग्रेस महासमिति सदस्य देउमान थेवे , वडा अध्यक्ष नेत्रबहादुर खड्का ,मेलमिलाप तथा न्याय समिति सदस्य टिका विश्वकर्मा , डिल्लीराज मावि व्यवस्थापन समितिका अध्यक्ष मणिराज गणेश ,समाजसेवी मनोजकुमार गणेश , लिलु अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्