दमक , मंसिर २४ । दमकका एक जना शिक्षक विद्यार्थीलाई बलात्कार गरी गर्भ बोकाएर फरार भएका छन् ।

दमकस्थित एक निजी विद्यालयका शिक्षकले कक्षा–७ मा पढ्ने १४ वर्षीया बालिकालाई गर्भ बोकाएर फरार भएका हुन् । ती बालिका उक्त विद्यालयको होस्टेलमा बस्ने गरेकी थिइन् ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितका अनुसार घटनाका विषयमा जाहेरी ढिलो आएको कारण खोजी गर्दै जाँदा ती शिक्षक भारतीय भएको बुझिएको छ ।
घटनाका बारेमा हल्ला चल्न थालेपछि शिक्षक भागेर भारत छिरेको सूचना पाएको उनले बताए । विद्यार्थी यति बेला परिवारकै साथमा रहेकी छिन् । ती बालिकाको पेटमा ६ हप्ताको गर्भ रहेको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्