दमक , मंसिर २५ । झापाको दमकमा लगातार कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ ।

त्यसक्रममा आज थप एकजना संक्रमितको ज्यान गएको हो । दमक ४ का ६९ वर्षिय बृद्धको गएराति कोशी हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई मंसिर २३ गते न्यूरो हस्पिटलमा संक्रमण पुष्टि भएको थियो । मृतकको शवलाई आज नेपाली सेनाले कन्काई माईमा अन्त्येष्टि गरेको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । हिजो पनि दमक ३ का ४१ वर्षिय पुरुषको मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दमकका ३५ र झापामा १२० पुगेको छ ।

त्यस्तै दमकका १० स्थानीयसहित पछिल्लो २४ घण्टाभित्र झापाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा ११ जना महिला र १९ जना पुरुष छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका २ जना महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी बिर्तामोड नगरपालिकाका ५ जना महिला र ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।त्यस्तै, कनकाई नगरपालिकाका १ जना महिला र ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी, शिवसताक्षी नगरपालिकाका १ जना महिला र २ जना पुरुष, हल्दिबारी गाउँपालिकाका २ जना महिला र २ जना पुरुष, मेचीनगर नगरपालिकाका १ जना महिला र अर्जुनधारा नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।योसँगै जिल्लामा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार २६३ पुगेको छ । डिस्चार्ज हुनेको संख्या भने ३ हजार २९२ रहेको छ ।सक्रिय संक्रमित भइ विभिन्न आइसोलेसनमा उपचाररत व्यक्तिको संख्या ८५० रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्