गौरादह , मंसिर २५ । छाला क्यान्सरबाट हालै ज्यान गुमाएकी झापा गौरादह ५ की ४५ बर्षिया कुसुम लावतीको परिवारलाई ९ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

कुसुम लावती बचाउ अभियान युकेबाट संकलित ६ लाख ८ हजार पाँच सय ९० र नेपालमा बाटोघरे कान्छाको पहलमा संकलित २ लाख ८३ हजार ९ सय ७० रुपैयाँ गरी कुल ८ लाख ९२ हजार पाँच सय ६० रुपैयाँ संयुक्तरुपमा बिरामीको दाई दलबहादुर लावतीलाईं हस्तान्तरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएकी कुसुमको उपचार गर्न समस्या भएपछि देश विदेशमा अभियानमार्फत सहयोग संकलन गरी उपचार गरिदै आएको थियो ।

चिकित्सकको परामर्शमा उपचारत बिरामीको गत मंसिर २१ गते मृत्यु भएको बिरामीका दाई दलबहादुर लावतीले बताए ।
बिरामीको मृत्यु भएपनि मृतकको नाममा उठेको रकम पीडित परिवारलाई नै हस्तान्तरण गर्ने निर्णय अनुसार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) प्रदेश १ का उपाध्यक्ष भुमिका फियाक लिम्बुले संकलित सहयोग रकम बिरामीको घरमा नै पुगेर हस्तान्तरण गरिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्