बिर्तामोड , मंसिर २६ । दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष पर्शु सिटौलालाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि बिर्तामोड ३ निवासी उनलाई आज विहान विराटनगर लगिएको हो । विराट बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष, सिटौला सेवा समाजका निवर्तमान अध्यक्षलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध सिटौलालाई सिटी भ्यालु कम देखिएपछि विराटनगर लगिएको विराट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रुद्र सिटौलाले जानकारी दिए ।

१ प्रतिक्रिया

  1. शिघ्र स्वास्थ्य लाभकोलागि प्रार्थना गर्दछुँ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्