दमक, मंसिर २६ । झापाको कमल गाउँपालिका ७ स्थित गेउरिया सडकखण्डमा आज बिहान मालबाहक पिकअप भेन पल्टिएर घाइते भएका एक जनाको मृत्यु भएको छ ।


ईलाका प्रहरी कार्यालय दमकका अनुसार पाडाजुंगी–गौरादह सडक अन्तर्गतको गेउरिया खण्डमा दुर्घटनामा परी सख्त घाइते भएका दमक ९ का ५५ बर्षिय मंगल चौधरीको मृत्यु भएको हो । घाईते चौधरीलाई दमकको लाईफलाईन अस्पताल ल्याएर उपचार गर्नासाथ ज्यान गएको प्रहरीले जनाएको छ ।
मार्बल्स लिएर दमकबाट गौरीगञ्जतर्फ जादै गरेको मे.१च.६४९७ नम्बरको पिकअप भेन बिहान १०.३० बजेतिर चक्का खुस्केर पल्टिन पुगेको थियो ।
दुर्घटनामा परेर दमककै २६ बर्षिय सुनिल चौधरी र रजलेश्वर चौधरी घाईते भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
घाइतेमध्ये गंभीर अबस्थाका सुनिललाई थप उपचारका लागि बिराटनगर लगिएको र अर्का घाइतेको दमककै लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनामा संलग्न भेनचालक दमक ६ का २० बर्षिय रोहन यादवलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
ठक्करवाट चौधरीको मृत्यु
यसैगरी गएराति झापाको अर्जुनधारा नगरपालिका १ सालवारीमा भएको मोटरसाईकलले ठक्कर दिँदा स्थानीय ३३ बर्षीय ललित चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राति १० बजे तिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको तीव्र गतिमा आएको मोटरसाईकलले ठक्कर दिँदा वाटो छेउमा बसेका चौधरीलाई घाइते बनाएको र उपचारको क्रममा राति नै बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्