बिर्तामोड , मंसिर २७ । झापाको मेचीनगरमा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी) ले आफ्ना शेयर सदस्यको निधन भएपछि बिर्तामोड–९का एक परिवारलाई नगद ५० हजार राहत सहयोग प्रदान गरेको छ ।

एनएमसी सहकारीको बिर्तामोड–१० सैनिकबजार शाखाअन्तरगत शेयर सदस्य इन्द्रकुमारी राईको निधन भएको तेस्रो दिनमा राईको घरमा पुगेर सहकारीले ५० हजार रुपैयाँ प्रदान गरेको हो। सहकारीको सैनिकबजार शाखा प्रमुख विशाल ढुंगाना, २ नम्बर इकाई संयोजक रत्नबहादुर बस्नेत, सदस्य ओमबहादुर गुरुङ, कर्मचारी पवन मैनाली, चन्द्रबहादुर राई, लुवराज प्रसाईलगायतको टोलीले स्व.इन्द्रकुमारीकी पति मनकुमार राईलाई समवेदना पत्रसहित राहत हस्तान्तरण गरेको थियो । दस हजार रुपैयाँभन्दा बढी शेयर भएका दम्पतीमध्ये एकको मृत्यु भएमा ५० हजार रुपैयाँ उपलब्ध गराइने संस्थाको नियमअनुसार उक्त रकम प्रदान गरिएको शाखा प्रमुख ढुंगानाले जानकारी दिए ।
सो अवसरमा शेयर सदस्यहरु मनिता दर्जी ठटाल, यामबहादुर राई, होमनाथ नेपाललगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्