झापा, मंसिर २९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएमसी)को २८औं वार्षिक साधारणसभाको अवसरमा कुञ्जीबारी कार्यालयले गौरीगञ्ज–१ कुञ्जीबारी बजारमा सरसफाई गरेको छ ।

सरसफाई कार्यक्रमपछि गौरीगञ्ज – १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले संस्थाको अभियानप्रति धन्यवाद व्यक्त गर्दै स्थानीय बजारमा उत्पादन हुने फोहोर मैलालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, सहभागी संस्थामध्ये नेपाल रेडक्रस सोसाइटी महाभारा उपशाखाका तर्फबाट सभापति कैलाशकुमार मास्केले आगामी दिनमा संस्थाका यस्ता अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।कुञ्जीबारी कार्यालयगत उपसमिति सदस्य पर्शुराम काफ्लेले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्