शिवसताक्षी , मंसिर २९ । झापाको शिवसताक्षी नगरपालिकाका एक व्यक्ति घाटी रेटिएको घाइते अबस्थामा फेला परेका छन् ।

इलामको महमाईसँग सिमाना जोडिएको जंगलमा आज दिउँसो १ बजेतिर शिवसताक्षी वडा नं ११ का ७२ वर्षिय धनबहादुर राई घाटी रेटिएको अबस्थामा घाइते फेला परेका हुन् । घाइतेलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल ल्याइएको छ । उनलाई कसले हतियार प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक धु्रवनारायण श्रेष्ठले बताए । आफू अहिले घटनास्थलमा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्