भद्रपुर, मंसिर ३० । हाम्रो सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर २ पृथ्वीनगरको चौथो बार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ ।

पृथ्वीनगरमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिका २ का वडाध्यक्ष भीमबहादुर सुब्बाले गरेका थिए । सभामा संस्थाका अध्यक्ष विजयकुमार अधिकारीले १५ लाख ६२ हजार पाँचसय रुपैयाँको शेयर पूँजीसहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हालसम्म १ लाख ७९ हजार २ सय ९५ रुपैयाँ मुनाफा रहेको जानकारी दिए । सचिव धु्र्रव तामाङको संचालन रहेको कार्यक्रममा बिशिष्ट अतिथि स्वास्थ्य चौकी पृथ्वीनगरका प्रमुख नेत्रप्रसाद दाहाल ,बुद्धशान्ति गाउँपालिकाका प्रशासकीय अधिकृत मदन कँडेललगायतले मन्तव्य राखेका थिए ।
जनार्दन बजगाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा लेखा समितिको प्रतिवेदन सचिव तामाङले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्