झापा, मंसिर ३० । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले संवैधानिक परिषद्को बैठक अबरुद्ध भइरहेको बेला सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको हो ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।

नेकपाभित्रको विवादकै कारण प्रधानमन्त्री ओलीले आज विहान बोलाएको परिषदको बैठक सभामुख अग्नि सापकोटाले बहिष्कार गरेका थिए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको इशारामा सापकोटाले बैठक बहिष्कार गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएर संवैधानिक परिषद बैठकको गणपुरकसम्बन्धी व्यवस्था नै फेरबदल गर्न अध्यादेश ल्याएका हुन् । प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजेलाई फेरि परिषदको बैठक बोलाएका छन् । साँझ बैठक बस्नुअगावै उनले मन्त्रिपरिषद बैठक राखेर अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएर जारी गराएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्