भद्रपुर , मंसिर ३० । प्रहरीले हराएका पाँचवटा मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

विभिन्न मिति, समय र स्थानहरुबाट मोबाइल हराएका व्यक्तिहरुले खोजतलास गरिदिन भनेर प्रहरीलाई निवेदन दिएका थिए । झापा जिल्ला अदालतबाट सिडीआर अनुमति माग गरी खोजतलास गर्ने क्रममा ५ थान विभिन्न मोडलको मोवाईल फेला परेको प्रहरीले जनाएको छ । ती मोवाईलहरु सम्वन्धित व्यक्तिहरुलाई आज जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सपना खड्का र प्रहरी निरीक्षक ब्रम्हदेब साहले बुझाएका छन् । हराएको मोबाइल फिर्ता पाउनेहरुमा हल्दिबारी ४ बस्ने मन्दिप चौधरी , भद्रपुर १० बस्ने विनोदकुमार राई , सोही वडाका याक्थुम लिम्बु , कनकाई ३ बस्ने पे्रम अधिकारी र मेचीनगर १ बस्ने ज्ञानेन्द्र मगर रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्