मेचीनगर , मंसिर ३० । मेची चेम्बर अफ कमर्शको प्रथम साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।

अध्यक्ष बोहोरा

साधारणसभाले आगामी दुईवर्षे कार्यकालका लागि ललितकुमार बोहोराको अध्यक्षतामा १८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा रविनकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा कृष्णराज भण्डारी, उद्योग उपाध्यक्षमा बालकृष्ण रिजाल, महासचिवमा नारायण प्रसाई, सचिवमा कृष्णकुमार पनेरु, कोषाध्यक्षमा मोहनकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा रुक्मिणा आचार्य पोख्रेल सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा सृजना पाण्डे, सुरज चौधरी, नरेशकुमार लावती, गोपिचन्द्र बराल, केशवराज दाहाल, कान्छा हुमागाई (गोकुल), सुवर्ण भट्टराई, पुनित गोयल र प्रल्हाद थापा चयन भएका छन् । चेम्वरको सभाहलमा नेपाल चेम्वर अफ कमर्शका १ नम्बर प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य राजेन्द्र घिमिरेले साधारणसभाको उद्घाटन गरेका थिए । सचिव कृष्णप्रसाद पनेरुले सञ्चालन गरेको उद्घाटन सत्रमा चेम्बर अफ कमर्श झापाका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, महिला चेम्बर अफ कमर्श झापाका अध्यक्ष प्रेमा भट्टराई, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, वरिष्ठ उपाध्यक्ष सुवाष भट्टराई, उपाध्यक्ष यामनाथ विमलीलगायत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्