दमक,मंसिर ३० । किरात याक्थुङ चुम्लुङ झापाले २०७८ सालको राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात लेख्न झापावासी लिम्वू समुदायमा अपिल गरेको छ ।

चुम्लुङ झापाले आज एक अपिल सार्वजनिक गरी झापावासी लिम्वू समुदायलाई राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात लेख्न अपिल गरेको हो । अपिल चुम्लुङका सल्लाहकार क्याप्टेन जगतध्वज वनेमले सार्वजनिक गरे । उनले जात र जातिको महल, पूर्खाको भाषा, मातृभाषाको महलमा लिम्बू , दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको मातृभाषा र धर्ममा किरात धर्म लेख्न झापावासी लिम्वू समुदायमा अपिल गरे ।
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गते राष्ट्रिय जनगणना हुन लागेको छ ।
चुम्लुङ झापाका कार्यवाहक अध्यक्ष सेसेहाङ फियाकद्वारा हस्ताक्षरित अपिलमा समानुपातिक समावेशीताको व्यवस्थालाई अधिकारसम्मत तथा प्रभावकारी रुपमा कार्यान्वयन गर्न र गराउनका लागि जात र जातिको महलमा लिम्बू र धर्म किरात लेख्न तथा लेखाउन आग्रह गरिएको उल्लेख छ ।
त्यसैगरी चुम्लुङले राष्ट्रिय जनगणनामा सवै लिम्बु समुदायलाई सक्रिय सहभागी हुनका लागि लिम्बु समुदाय , लिम्बुजन्य संघसंगठनसम्बद्ध समितिहरु, विषयगत संगठन, सम्बद्ध संगठन, प्रथाजनित र थरगत संगठन, लिम्बुजन्य सरोकारवाला संस्थालगायत सम्पूर्णमा आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्