राजगढ , पुष २ । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य एवं मुस्लिम समुदायका अगुवा नेता हाजी नुर महमदको ७२ वर्षको उमेरमा निधन भएको छ ।

अमृत मावि बाह्रदशी १ भागुडुब्बाका प्रधानाध्यापक , जन विकास निमावि चकचकीका दुई पटकका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेका समाजसेवी महमदको हिजो दिउँसो ३ बजे निधन भएको हो । उनको आज बिहान ११ बजे मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गर्न लागिएको नेपाली काँगे्रस झापाका वरिष्ठ जिल्ला सदस्य भगिरथ पोद्धारले बताए ।