दमक, पुष ४ । बेलायतबाट हालैमात्र स्वदेश फर्किएका दमकका रोहित राईले कमल १ स्थित आरम्भ युथ क्लवमा आवद्ध खेलाडीहरुलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।

फुटवल खेलका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका राईले स्थानीय युवाहरुको खेलकुद तथा शारीरिक विकासमा सहयोग पुर्याउने उद्देश्यले क्लवका १४ खेलाडीलाई सेटजर्सी र फुटबल प्रदान गरेका हुन् ।
ती खेल सामग्रीहरु शुक्रवार दाता राई ,नेपाली कांग्रेसका जिल्ला सदस्य एवं गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेद्वार हुकुमसिंह राई, तरुण दल झापा ५ का सहसंयोजक तथा कांग्रेस महाधिवेशन प्रतिनिधि जीवन राई, गौरादह २ का वडाध्यक्ष हेमन्त कार्कीलगायतले क्लबका उपाध्यक्ष लोकबहादुर खडकासहित खेलाडीहरुलाई हस्तान्तरण गरेको क्लबका सचिव रोशन निरौलाले बताए ।
सो अवसरमा आरम्भ युथ क्लब र नरेन्द्र जनता माविको खेलाडी बिद्यार्थीको टीमबीच मैत्रीपूर्ण फुटबल समेत खेलाइएको थियो । सो खेलका विजेता तथा उपविजेता टिमलाई हौसलास्वरुप राईले नगद पुरस्कार समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्