बिर्तामोड पुस, ५ । आइतबार बिहान मृत फेला परेकी बिर्तामोड २ चैतुबारीकी ४२ वर्षिया दिनो राजवंशी हत्याको संघीय प्रहरी इकाई कार्यालय धरानबाट मगाइएको शिकारी कुकुरबाट अनुसन्धान गरिएको छ । धरानबाट मगाइएको लैला कुकुरबाट अनुसन्धान गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।


“अहिलेसम्म हामी अनुसन्धान कै क्रममा छौँ, कुकुरले अनुसन्धान सकिसकेको छ, शवलाई पोस्टमार्टमका लागि धरान पठाउने तयारी भइरहेको छ” जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले भने । स्थानीय बिरबहादुर राजवंशीकी श्रीमती दिनो आइतबार विहान खेतमा मृत फेला परेकी हुन् । शनिबार बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पुर्याउन ती महिला घरबाट हिडेकी थिइन् । त्यसपछि बेपत्ता भएकी उनको आज विहान लाश फेला परेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्