भद्रपुर ,पुष ६ । कर्तब्य ज्यान मुद्धाका एक फरार प्रतिवादी कारागार चलान भएका छन् ।

झापा जिल्ला अदालत भद्रपुरको २०७६ माघ ८ गतेको फैसला अनुसार कर्तब्य ज्यान मुद्दाका प्रतिवादी शिवसताक्षी २ बस्ने २८ वर्षिय डम्बर ताजपुरियालाई २० वर्ष कैद तोकिएको थियो । घटनापश्चात् फरार रहेका ताजपुरियालाई खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो आफ्नै घरबाट पक्राउ गरेको थियो । झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्