दमक, पुष ६ । सरकारको पक्ष र विपक्षमा एकैसाथ दमकमा आज प्रदर्शन भएका छन् ।

सत्तारुढ दलका युवा तथा विद्यार्थीहरुले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरे भने जनता समाजवादी पार्टी नेपालले विरोधमा प्रदर्शनसहित कोणसभा गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियूको अगुवाईमा युवा विद्यार्थी तथा ओली समर्थक नेकपाका कार्यकर्ताहरुले कोणसभा गर्दै ओलीले चालेको संसद विघटनको कदम आवश्यकता भएको तर्क गरे । उनीहरुले ओलीको नेतृत्वमा रहेको सरकारले गरेका कामहरु देश र जनताका पक्षमा भएको भन्दै सरकारलाई असफल बनाउने षडयन्त्रको भण्डाफोर गरिने बताए ।
सो अवसरमा युवा संघ अनेरास्ववियुका केन्द्रीय सदस्य डम्बर अधिकारी, युवा संघ झापाका संयोजक शम्भु भण्डारी, नगर अध्यक्ष राम पौडेल र अनेरास्ववियूका जिल्ला अध्यक्ष समर्पण खतिवडाले मन्तव्य राखेका थिए ।
यता आकासे पुलमा समाजवादी पार्टी नेपालका प्रदेश सदस्य सुुशिल राईलगायतले ओलीले गरेको संसद विघटन असंबैधानिक भएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्