दमक,पुष ७ । झापाको दमक ७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा लिम्बू भाषाको पठनपाठनले निरन्तरता पाउने भएको छ ।

विद्यालयले कक्षा १ देखि कक्षा ५ सम्म याक्थुङ् लिम्बू भाषा ‘आनीपान’ पठनपाठन गर्नेगरी शिक्षक नियुक्त गरिएको जनाएको छ । यसअघि पनि विद्यालयले एक दशक अघिदेखि निजी स्रोतबाट एक जना शिक्षक राखेर ऐच्छिक विषयका रुपमा लिम्बू भाषा पठनपाठन गर्दै आएको थियो ।
विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर राईले दमक नगर शिक्षा समितिले लिम्बू भाषा पठनपाठनका लागि एक जना तृतीय श्रेणीको शिक्षकको सुविधा उपलव्ध गराउने भएपछि लिम्बू भाषा पढाइले नियमितता पाउने अवस्था आएको बताए ।
त्यसका लागि विद्यालयले याक्थुङ् लिम्बू भाषा शिक्षक दिपेन्द सेलिङलाई छनोट गरिसकिएको उनले बताए ।
विद्यालयमा अहिले ५० जना विद्यार्थीले लिम्बू भाषाको पुस्तक आनीपान पढ्दै आएका छन् ।
किरात याक्थुङ् चुम्लुङ झापाका कार्यवाहक अध्यक्ष सेसेहाङ फियाकले भाषा संरक्षणका लागि स्थानीय सरकारवाट यस्तो सहयोगले भाषा संरक्षणमा सहयोग पुग्ने बताए । दमक नगरपालिकाले जिल्लामै पहिलोपटक भाषा संरक्षणका लागि विषयगत शिक्षकको दरवन्दी राखेर भाषा प्रवद्र्धनात्मक कार्य शुरुवात गरेर सह्रानीय कार्य गरेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्