झापा , पुष ७ । झापा मेचीनगरकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर १० की ५७ वर्षिया महिला रहेकी छन् । उनको आज बिहान विराटनगरको नोवेल हस्पिटलमा मृत्यु भएको हो । केही दिनअघि उनलाई उपचारका लागि विराटनगर लगिएको नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक नवीन बरालले बताए । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १२९ पुगेको छ । त्यसैगरी आज झापाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा एक महिला र दुई पुरुष छन् । दमक ४ का एक पुरुष तथा मेचीनगर २ र १० का एक महिला र एक पुरुषलाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालय झापाले जनाएको छ । संक्रमितहरु सबै स्थानीय हुन् । योसँगै जिल्लामा संक्रमितहरुको सँख्या ४ हजार ४४४ पुगेको छ । त्यसमध्ये ४ हजार १० जना निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्