एजेन्सी । अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेसीले बार्सिलोनाका लागि ६४४ गोल गर्दै नयाँ रेकर्ड बनाएका छन् ।

योसँगै उनी कुनै पनि एक क्लबका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । र गोल गर्ने मामलामा पेलेलाई जितेका छन् । मंगलवार रियल भालादोलिडसँगको खेलको दोस्रो हाफमा उनले ६४४ गोल गर्दै ब्राजिलका खेलाडी पेलेको रेकर्ड तोडेका हुन् । सो खेलमा बार्सिलोनाले तीन–शून्यले जीत हासिल गरेको थियो ।
शनिवार भेलेन्सियाविरुद्ध खेल्दै मेसीले पेलोेको बराबरी गोल गरेका थिए । सो खेल २–२ को बराबरीमा सकिएको थियो ।
३३ वर्षका मेसीले आफ्नो करियरको शुरुवातदेखि बार्सिलोनाका लागि खेल्दै आएका छन् । अहिलेसम्म उनले ७४९ म्याच खेलिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्